संगालोखबर सम्बाददाता

विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज दिउँसो करिब १२ बजे मन्त्री थापाको निधन भएको हो ।

Advertisement

नोबेल अस्पतालका प्रिन्सिपल एवं छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरेले मन्त्री थापाको निधन भएको पुष्टि गरे । आसन्न मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि थापालाई नेपाली कांग्रेसले मोरङको क्षेत्र नं.३ मा उम्मेद्वार पनि बनाएको थियो ।

छाती तथा फोक्सो सम्बन्धि समस्याका कारण अस्वस्थ भएपछि उनी चुनावी कार्यक्रममा सहभागि हुन सकेका थिएनन् । उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । दुई दिन अघि नोबेल अस्पताल ल्याएर सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो ।

थापाको निधनपछि अब मोरङको क्षेत्र नं.३ (क) मा कांग्रेस उम्मेद्वारबिहिन बनेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!