- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । विराटनगरमा ६ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१२ का ३८ वर्षीय संजन कामत छन् ।

कात्तिक ११ गते दिउँसो घरमा कोही नभएका बेला कामतले बालिकालाई बलात्कार गरेको आरोप छ । कामत बालिकाका बुबाका साथी हुन् । उनी बिजुली मिस्त्रीका रुपमा काम गर्छन् । घरमा विद्युतको सप्लाईमा समस्या भएकाले बालिकाका बुबाले कामतलाई विद्युत मर्मत गर्न घरमा बोलाएर उनी ज्याला मजदुरी गर्न गएका थिए । विद्युत मर्मत गर्न साथीको घर पुगेका कामतले घरमा एक्लै बसेकी बालिकालाई बलात्कार गरेको पीडित पक्षको भनाई छ ।

कामतले बलात्कार गरेको भनेर ती बालिकाले छिमेकीलाई सुनाएकी थिइन् । घटनाबारे जानकारी पाएपछि बालिकाका बुबाले कात्तिक १४ गते प्रहरीमा जाहेरी दिएका हुन् । जबरजस्ती करणी मुद्दामा जाहेरी परेपछि कामतलाई पक्राउ गरी घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!