- संगालोखबर सम्वाददाता
फायल तस्बीर

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित पुरानो ट्रान्सपोर्ट नजिक कोशी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार साँझ साढे ५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १ ०२०४१ प ४४११ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेका को ४ प १४१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा १४१० नम्बरको मोटरसाइकल चालक धरान–१५ का ४० वर्षीय राजन राई र पछाडि सवार ३२ वर्षीय रामु राई र ४४११ नम्बरको मोटरसाइकलका चालक मोरङको टंकीका ४६ वर्षीय ओझराज लुइँटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

मोटरसाइकल आपसमा ठोक्किँदा तीनै जना गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि विराटनगरस्थित आर्या न्युरो अस्पताल लगिएको थियो । साँझ साढे ६ बजे तीनै जनालाई डाक्टरले मृत घोषित गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!