- संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ स्थितबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

Advertisement

गएराती प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा रहेको बा.११ च ३०४२ नम्बरको स्कारपियो गाडी चेकजाँच गरेको थियो । सोही क्रममा गाडीभित्र १ सय ७५ किलोग्राम गाँजा र १ लाख १ हजार ४ सय २५ रुपैयाँ नगद बरामद भएको हो ।

गाँजा फेला परेपछि स्कारपियो, चालक इटहरी उपमहानगरपालिका–४ का ३१ वर्षीय मनिष दर्नाल र सहचालक ३१ वर्षीय योगेन्द्र बजगाईँलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!