- संगालोखबर सम्वाददाता
फायल तस्बीर

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ३ र ४ को बिचमा पर्ने ढाटस्थित कोशी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ करिव ५ बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०२–०४२ प १९२७ नम्बरको मोटरसाइकल र को ७ प ८२०७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको हो । मोटरसाइकल अनियन्त्रित भई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बा ५ च २७५१ नम्बरको कारमासमेत ठोक्किएको थियो ।

Advertisement

दुर्घटनामा १९२७ नम्बरको मोटरसाइकलका चालक सुनसरीको दुहबीका ३५ वर्षीय रिकेशराज ढकाल, विराटनगर–३ का २५ वर्षीय नारायण बिहानी, ८२०७ नम्बरको मोटरसाइकलमा सवार विराटनगर–४ का ४५ वर्षीया फुलो देबी गडेरी घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि बिराट मेडिकल कलेज पठाइएको थियो । उपचारकै क्रममा रिकेशराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

८२०७ नम्बरको मोटरसाइकलका चालक फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । दुबै मोटरसाइकल, कार र कारका चालक सुनसरीको दुहबी–५ का ४० वर्षीय रबि कार्कीलाई इलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!