- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–२ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–६ का ३० बर्षीय राम मण्डल छन् ।

मंगलबार अपरान्ह ४ बजे मण्डलले घर निर्माणको लागि बाँस काट्ने क्रममा बाँसले बिद्युतको हाइटेन्सन तारमा छुदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका मण्डललाई उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!