- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाका पुराना कम्युनिष्ट नेता एवं दलित मुक्ति आन्दोलनका अगुवा भद्रमान घलेको निधन भएको छ । धनकुटा नगरपालिका–५ बिहिबारे हटिया घर भएका घलेको ९० वर्षको उमेरमा गएराती करिब १ बजे विराटनगरमा निधन भएको हो ।

Advertisement

घले लामो समयदेखि दम रोगबाट ग्रसित थिए । उनी केही समययता विराटनगरस्थित छोरीको घरमा बस्दै आएका थिए । श्वासप्रश्वासको समस्याका कारण उनलाई अक्सिजन दिएर राखिएको थियो ।

धनकुटाको बिहिबारे हटियामा दलित समुदायलाई प्रवेश गर्न नदिने कुप्रथाविरुद्ध घलेकै अगुवाइमा २००९ सालमा आन्दोलन भएको थियो । उनले दलित मुक्ति आन्दोलनको अगुवाइ गर्दै आएका थिए ।

एमालेको तत्कालीन कोशी अञ्चल कमिटी सदस्य पनि बनेका घले धनकुटाका पुराना कम्युनिष्ट नेताका रुपमा चिनिन्छन् । उनी अहिले नेकपा एमाले निकट ज्येष्ठ कम्युनिष्ट मञ्चका प्रदेश सदस्य तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रिय सदस्य पनि थिए । उनलाई पुराना कम्युनिष्ट नेता एवं दलित मुक्ति आन्दोलनका अगुवाका रुपमा धेरै सङ्घसंस्थाले सम्मानसमेत गरेका छन् ।

२०२२ सालदेखि राष्ट्रिय झण्डा बनाउने काम सुरु गरेका घलेले पुर्ख्यौली सिलाई पेसाबाटै जीविकोपार्जन गर्दै आएका थिए । घलेका २ छोरा र ३ छोरी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!