- संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

ओखलढुंगा । ओखलढुंगामा बुबाको कुटाइबाट छोरीको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–३ अँधेरीका ३५ वर्षीय राजेन्द्र राईले दुई बर्षीया छोरी ऋतिकालाई कुटपिट गर्दा उनको मृत्यु भएको हो ।

गएराती मादक पदार्थ सेवन गरेका राई र उनकी श्रीमतीबीच विवाद भएको थियो । सोही क्रममा उनले श्रीमती २१ वर्षीया उषा राईलाई कुटपिट गरी घाइते बनाएका थिए । प्रहरीका अनुसार आक्रमण गर्न थालेपछि छोरी लिएर भाग्न खोजेकी श्रीमतीबाट उनले छोरी खोसेका थिए ।

Advertisement

श्रीमती भने भाग्न सफल भइन् । घटनापछि स्थानीय र प्रहरी पुग्दा छोरी मृत अवस्थामा भेटिएकी थिइन् । ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उषाको उपचार भइरहेको छ ।

हातमा खुकुरी बोकेर घरभित्रबाट सबैलाई आक्रमणको प्रयास गरेपछि राजेन्द्रलाई नियन्त्रणमा लिन कठिन भएको थियो । प्रहरीले राईलाई नियन्त्रणमा लिन दुई घन्टा लागेको थियो । उनी आफैंले आफैंलाईसमेत टाउकोमा काटेर घाइते भएका छन् ।
अभियुक्त राई चार वर्षअघि जर्बजस्ती करणी उद्योगको मुद्दामासमेत केही समय कारागारमा बसेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!