- संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–११ बाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–११ का ४६ वर्षीय बिरु भुजेल छन् ।

Advertisement

विषेश सूचनाका आधारमा खटिएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर आईआईटी र इलाका प्रहरी कार्यालय धरानको टोलीले भुजेललाई उनको घरबाटै पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले स्पासपेन १७१६  ट्याबलेट, ट्रामोल २७७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६७५ क्याप्सुल, नाईट्रोसन २७ ट्याबलेट, एक्सकाफ डिएक्स १९ बोतल लागूऔषध बरामद गरेको छ ।

त्यस्तै नियन्त्रित औषधी र १ लाख ६ हजार रुपैयाँ नगद पनि फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका भुजेलको विषयमा इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!