- संगालोखबर सम्बाददाता


धनकुटा । धनकुटा नगरपालिका–७ सिरवानीका प्रकाश कर्माचार्यले हाउजी बिङ्गो खेलमा हाउसफुल गर्दै मोटरसाइकल पुरस्कार पाएका छन् । धनकुटा बसपार्कमा आज राती खेलाइएको हाउजी बिङ्गो खेलमा हाउसफुल पार्दै कर्माचार्यले पुरस्कार स्वरुप १५० सीसीको पल्सर मोटरसाइकल पाएका हुन् ।

३ सय रुपैयाँको टिकटबाट उनले २ लाख ८० हजार मूल्य बराबरको मोटरसाइकल पाउँन सफल भएका हुन् । दशैं तिहार तथा छठ पर्वको अवसर पारेर स्थानीय देउराली युवा क्लबले हाउजी बिङ्गो खेलाएको हो । हाउजी खेल्नका लागि धनकुटा बजारसहित हिले, पाख्रीवास, सिधुवा, मुलघाट, भेडेटार लगायत क्षेत्रबाट पनि सयौँको सङ्ख्यामा मानिसहरू आएका थिए ।

Advertisement

यसअघि बसपार्कमै खेलाइएको हाउजीमा धनकुटा–६ नसाल चोकका निकेश खड्गीले १५० सीसीको पल्सर मोटरसाइकल र सहिदभूमि गाउँपालिका–६ थलथलेकी अञ्जु राईले १२५ सीसीको टिभीएस स्कुटर पाएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!