- संगालोखबर सम्वाददाता

झापा । झापाको बिर्तामोड नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा आज पिकअपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय उदयबहादुर गहतराज छन् ।

Advertisement

बिहान ५ बजे प्रदेश १–०१–००१ च ८३१९ नम्बरको पिकअपले ठक्कर दिँदा गहतराज घाइते भएका थिए । उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने पिकअप र चालक मोरङको पथरी शनिश्चरेका कमल बहादुर मगरलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!