- संगालोखबर सम्बाददाता

इलाम । इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा ‘स्काई वाक’ का लागि बनेको टावर उद्घाटन गरिएको छ । १२ जना महिलाले ४ करोड रुपैयाँ लगानीमा बनाएको टावर नगरप्रमुख रणबहादुर राईले शुक्रबार उद्घाटन गरेका हुन् ।

Advertisement

नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काई वाक सुरू भएको बताइएको छ । डेढ वर्षमा निर्माण सकेर कात्तिक १८ गतेदेखि पर्यटकका लागि यो खुला गरिएको हो । स्काई टावर तीन तहमा बनेको छ । दुइ वटा तह चढेर माथि पुगेपछि पारदर्शी सिसा जडान गरिएको ठाउँमा पुगिन्छ । सिसामा उभिँदा आकासमै उभिएजस्तो महसुस हुने साइट म्यानेजर अर्जुन चौधरीले बताए ।

टावरबाट पूर्वी नेपालका १६ जिल्ला, कन्याम वरिपरि चिया बगान, हिमाल, रमणीय डाँडाकाँडा, कञ्चनजंघा हिमालदेखि दार्जिलिङ सिलिगुढीसम्मका रमाइला दृश्य, सूर्योदय र सूर्यास्त दुवै देख्न सकिने उनले बताए । टावरसँगै स्काई रेस्टुरेन्ट पनि सञ्चालन हुनेछ । दोस्रो चरणमा स्विङ पनि तयार हुने उनले जानकारी दिए ।

स्काई वाक गर्न पाँच सय रुपैयाँको टिकट लिनुपर्छ । भिडिओ खिच्ने, ड्रोनबाट फोटो, भिडिओ खिच्ने, सांस्कृतिक पहिरन लगाएर पनि फोटो खिच्न पाइनेछ । टावरमा एकपटक २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि आठ जनासम्म मात्र चढाइने छ । स्काई वाक गर्नेको सुरक्षाका लागि स्विच कभर, चढेका व्यक्तिको संख्या रेकर्ड राखिने र सुरक्षा गार्ड पनि हुनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!