- संगालोखबर सम्वाददाता

झापा । झापामा श्रीमतीको हत्या गरेको आरोपमा आज एक जना पक्राउ परेका छन् । श्रीमतीको हत्या आरोपमा बुद्धशान्ति गाउँपालिका–१ बुधबारे बजारबाट ३२ वर्षीय रघुनाथ मारुती गोरडलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

रघुनाथले सामान्य विवादका क्रममा २६ वर्षीया श्रीमती सपना गोरडलाई पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा घटनास्थलमै सपनाको मृत्यु भएको जिल्ला प्र्रहरी कार्यालय झापाले जनाएको छ ।

बुधबारे बजारमा सुन पसल संचालन गरेर बस्ने रघुनाथ भारतीय नागरिक हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!