- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । मोरङको उर्लाबारीमा भरुवा बन्दुक देखाएर श्रीमतीलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–२ सिमसार टोलका ३१ वर्षीय दीपक विश्वकर्मा छन् ।

मादक पदार्थ सेवन गरी उनले आफ्नो घरमा रहेको भरुवा बन्दुक देखाएर श्रीमतीलाई कुटपिट गर्ने गरेका थिए । घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको टोलीले १ थान भरुवा बन्दुकसहित बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो ।

भरुवा बन्दुकसहित पक्राउ परेका विश्वकर्माको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!