- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ स्थित गैरीगाउँमा आज बिहान एक जना बृद्धको हत्या भएको छ । बिहान करिव ६ बजे ४० वर्षीय तेजबहादुर लिम्बुले छिमेकी ६२ वर्षीय भगीश्वर लिम्बूको हत्या गरेका हुन् ।

Advertisement

बिहान उठेर घरमा बसिरहेको अवस्थामा तेजबहादुरले भगीश्वरलाई घाँटीमा खुकुरी प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । हत्याको यकिन कारण खुलेको छैन । प्रहरीका अनुसार तेजबहादुरमा मानसिक समस्या रहेको पत्ता लागेको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको छ । मृतकको शव पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!