- संगालोखबर सम्बाददाता

भोजपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् भोजपुरबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लाका लागि गरेका कामहरु समेटेर श्वेतपत्र सार्वजनिक गरेका छन् । भोजपुरको हतुवागढी, घोरेटारमा आज एक कार्यक्रम गरेर राईले श्वेतपत्र सार्वजनिक गरेका हुन् ।

Advertisement

उनी तीन वर्ष छ महिना सात दिन प्रदेश नं १ को मुख्यमन्त्री बनेका थिए । २०७४ फागुन २ गते संस्थापक मुख्यमन्त्रीका रुपमा नियुक्त भएका शेरधनले २०७८ भदौ १० गते राजीनामा दिँदै एमालेकै नेता भीम प्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गरेका थिए ।

आफु मुख्यमन्त्री भएका बेला गृह जिल्ला भोजपुरको विकास निर्माणका लागि गरेका काम समेटेर श्वेतपत्र जारी गरेको राईले बताए । श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुद लगायतका कार्यक्रमहरु र बजेट समेत समावेश छ ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेले राईलाई उम्मेद्वार बनाएको छ । त्यस्तै प्रदेश सभा तर्फ प्रदेश सभा क्षेत्र नं १ मा हरिबहादुर राई र २ मा खड्गबहादुर (प्रेम) कार्कीलाई एमालेले उम्मेद्वार बनाएको छ ।

स्वेतपत्र पढ्न (यहाँ) क्लिक गर्नुहोस्

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!