- संगालोखबर सम्बाददाता

ओखलढुंगा । खुकुरी प्रहार गरी आफ्नै छोरीको हत्या गर्ने ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ का राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरको छ । छोरीको हत्या र श्रीमतीमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ३३ बर्षीय राईलाई पक्राउ गरेको हो ।

Advertisement

मादक पदार्थ सेवन गरेका राईले सोमबार राती सामान्य बिवादका क्रममा २१ बर्षीया श्रीमती उषा राईलाई टाउको र ढाडमा खुकुरी प्रहार गरेका थिए । त्यस्तै, २ बर्षीया छोरी रितिका राई माथि पनि खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको हो । खुकुरी प्रहारबाट उषा गम्भीर घाइते छन् ।

श्रीमती र छोरीलाई खुकुरी प्रहार गरेपछि राईले आफ्नो टाउकोमा पनि खुकुरीले हानेका थिए । घाइते भएको अवस्थामा प्रहरीले उनलाई समातेको हो । अहिले घाइते श्रीमान श्रीमती दुवैको ओखलढुंगास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । घाइते राईलाई प्रहरीको निगरानीमा राखेर उपचार गरिदै छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!