- संगालोखबर सम्बाददाता

धनकुटा । नेकपा एमालेका उम्मेदवारहरूले आजबाट धनकुटाको महालक्ष्मी नगरपालिकामा घरदैलो अभियान सुरु गरेका छन् । एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राई र क्षेत्र नं. २ का प्रदेश सभा सदस्यका उम्मेद्वार इन्द्रमणी पराजुलीले सामूहिक रुपमा महालक्ष्मी नगरपालिका–१ बाट घरदैलो अभियान थालेका हुन् ।

उम्मेदवारहरूले महालक्ष्मी नगरपालिका–१ मच्चेपुबाट अभियान सुरु गरेका छन् । अभियानको पहिलो दिन उम्मेदवारहरूले मच्चेपुसहित पारिखाप्राङ्ग, धर्मदेवी, हिलेखर्क, मुलखर्क लगायत स्थानमा जनताहरूसँग भेटघाट गरेका छन् । मच्चेपु, पारिखाप्राङ्ग र धर्मदेवीमा चुनावी सभासमेत गरिएको छ । सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र राईले अघिल्लो पाँच वर्ष धनकुटामा विकासको थालनी गरिएकाले अब चुनाव जितेपछि विकासलाई तिव्रता दिइने बताए । उनले जनताको चाहना अनरुप शिक्षा, स्वास्थ्य, यातायात, सिचाई, पर्यटन लगायत समग्र क्षेत्रको विकास गर्दै धनकुटेली जनतालाई सुखी र समृद्ध बनाउने उद्घोष पनि गरे ।

प्रदेश सभा सदस्यका उम्मेद्वार इन्द्रमणी पराजुलीले धनकुटामा एमालेकै नेतृत्वमा विकास निर्माणका धेरै कामको थालनी भएकाले अब एमालेकै नेतृत्वमा विकासलाई गति दिइने उल्लेख गरे । सो टोलीले भोलिबाट महालक्ष्मी–३ र ४ नम्बर वडामा घरदैलो अभियान सञ्चालन गर्ने भएको छ ।

यता, धनकुटा क्षेत्र नं.१ का प्रदेश सभा सदस्यका एमाले उम्मेद्वार निरन राईले आज धनकुटा नगरपालिका–८ सान्ताङ्गमा मतदाताहरुसँग भेटघाट गरेका छन् ।

यसअघि प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राजेन्द्र र प्रदेश सभा सदस्यका उम्मेद्वार निरनले क्षेत्र नं. १ को साँगुरीगढी, चोविसे र सहिदभूमिमा सामूहिक रुपमा घरदैलो अभियान सञ्चालन गरेका थिए ।

 

राजेन्द्र धनकुटा नगरपालिका क्षेत्र बाँकी राख्दै क्षेत्र नं. २ को छथर जोरपाटी पुगेपछि प्रदेश सभा सदस्यका उम्मेद्वार पराजुलीसहित सामूहिक रुपमा घरदैलो अभियान थालिएको हो ।  सो टोलीले छथर जोरपाटीमा पनि अभियान सकेको छ ।

यता, गठबन्धनसहित अन्य पार्टीका उम्मेद्वार र स्वतन्त्र उम्मेदवारहरूले पनि बिभिन्न पालिकामा घरदैलो अभियान सञ्चालन गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!