- संगालोखबर सम्वाददाता

मोरङ । मोरङको उर्लाबारीमा छठ हेर्न आएका बालकको छुरा प्रहार गरी हत्या भएको छ । आइतबार राति छठको रमझम हेर्न आएका झापाको दमक–१० का धनबहादुुर श्रेष्ठका १४ बर्षिय छोरा दियुषको हत्या भएको हो ।

Advertisement

उनी उर्लाबारी–७ स्थित मावा खोलामा छठको रमझम हेर्न आएका थिए । त्यही बेला छुरा प्रहार भएको प्रहरीले जनाएको छ । मावा खोला झापा र मोरङको सीमा छुट्याउने खोला हो ।

उनीमाथि राति करिव साढे १० बजे छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट घाइते भएका उनलाई झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा सोमबार बिहान करिव ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीमाथि कसले, किन छुरा प्रहार गर्यो खुलेको छैन । तर, शंकास्पद समूह पहिचान भएको प्रहरीको भनाई छ ।

यो पनि…

उर्लाबारीमा छठ हेर्न आएका बालकको हत्यामा संलग्न पाँच जना पक्राउ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!