- संगालोखबर सम्बाददाता

विराटनगर  । विराटनगर महानगरपालिका–४ मा रहेको रामजानकी कोल्डस्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरी छन् ।

Advertisement

बिहीबार दिउँसो अचानक ग्यास लिक हुँदा चौधरीको मृत्यु भएको हो । उनी कोल्डस्टोरका मिस्त्री हुन् । कोल्डस्टोरभित्र ग्यास लिक भएपछि निसास्सिएर बेहोस भएको अवस्थामा चौधरीलाई फेला पारिएको थियो । उपचारका लागि विराट नर्सिङ होम लगिएका चौधरीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

चौधरी कोल्डस्टोरभित्र काम गरिरहेको अवस्थामा अचानक ग्यास लिक भएको प्रहरीको भनाई छ । ग्यास लिक भएपछि बाहिर निस्किन नपाउँदै चौधरी बेहोस भएर ढलेका थिए । चौधरीको शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको छ । ग्यास कसरी लिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!