- संगालोखबर सम्बाददाता

धनकुटा । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै आज धनकुटामा नमुना मतदान गरिएको छ । निर्वाचनमा बदर मत कम गर्न जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गराएको हो ।

Advertisement

मतदानका लागि धनकुटा नगरपालिका–७ सिरवानीस्थित पशु विज्ञ तथा भेटेरीनरी कार्यालय परिषरमा मतदान केन्द्र बनाइएको थियो । त्यहाँ कर्मचारी, सेवाग्राही, पत्रकार र स्थानीयले मतदान गरेका छन् । नमुना मतदानमा २१ पुरुष र १५ महिला गरि ३६ जनाले मत खसालेको निर्वाचन कार्यालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए ।

उनीहरुले प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक गरी ४ वटा मतपत्रमा मतदान गरेका थिए । जिल्लाका बाँकी ६ पालिकामा पनि नमुना मतदान गरिने भएको छ । निर्वाचनको मौन अवधि सुरु हुनु अगाडि मतदान गराइनेछ ।

धनकुटामा १ लाख १६ हजार ९ सय ९१ मतदाता छन् । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा कुल १ सय १९ मतदानस्थल छन् भने एक सय ६२ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!