- संगालोखबर सम्बाददाता

विराटनगर । नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेतले मोरङको क्षेत्र नं. ६ मा प्रतिनिधि सभा र प्रदेशसभाका दुवै स्थान एमालेले जित्ने दावी गरेका छन् । एमालेको तर्फबाट मोरङ क्षेत्र नम्बर ६ (२) का प्रदेश सभा सदस्यका उम्मेदवारसमेत रहेका नेता बस्नेतले चुनावी प्रचार अभियानका क्रममा सोमवार सञ्चारकर्मीहरूसँगको कुराकानीमा यस्तो दावी गरेका छन् ।

Advertisement

बस्नेतले अरुलाई हराउन भन्दा पनि आफू जित्न चुनावी प्रचार अभियानमा जुटेको प्रतिक्रिया पनि दिए । कतिपय उम्मेदवारहरूले अरुलाई गालीगलौज समेत गर्ने गरेको भन्दै बस्नेतले आफू अरुलाई गाली गरेर वा अरुलाई हराउँछु भनेर नभई हाम्रो पार्टीका उम्मेदवारहरू जित्छौ भन्दै प्रचारमा हिँडेको सुनाए । चुनावी प्रचारलाई तिव्रता दिएका बस्नेतले प्रतिस्पर्धीसँग एकदमै मर्यादित एवं स्वस्थ प्रतिस्पर्धा गरी निर्वाचनमा विजयी हुन चाहेको बताए ।

प्रचार अभियानमा जनताको भावनालाई शिरोपर गरेको बताउँदै उनले नेकपा एमालेको सरकारका पालामा भएका सबै कामहरूको सकारात्मक प्रभाव पाएको बताए । भविष्यमा पनि जनताको हित सर्वाेपरी हुने योजना बताउँदा एमालेप्रतिको जनभावना एकदमै सकारात्मक देखिएकाले यस क्षेत्रका तीनै सीटमा चुनाव जित्ने बस्नेतको दावी छ । उनले विगतमा पनि जनताको चाहनाका आधारमा काम गरेको, अहिले पनि गरिरहेको र भोलि पनि त्यही अनरुप नै गर्ने बाचा दोहोर्याए ।

‘जनप्रतिनिधिको मोडल बन्छु’

नेता बस्नेतले नयाँ युगको जनप्रतिनिधि कस्तो हुनुपर्छ त्यसको मोडल आफू बन्ने जिकिरसमेत गरे । विराटनगरबाट प्रतिनिधित्व गर्दै तीन जना प्रधानमन्त्री भएपनि यस क्षेत्रको हुनुपर्ने जति विकास नभएकाले आफू जनप्रतिनिधिको मोडल बन्ने उनको तर्क छ ।

‘विराटनगर नेपाली राजनीतिको राजधानी हो, लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र ल्याउन गरिएको आन्दोलनको केन्द्र हो, सबै भन्दा पहिले उद्योग स्थापना भएकाले औद्योगिक केन्द्र पनि हो, धार्मिक र सांस्कृतिक केन्द्र हो, अहिले प्रदेशको राजधानी पनि विराटनगर हो । तर जुन हिसाबले यहाँको विकास हुनुपर्ने हो त्यो हुन सकेको छैन,’ नेता बस्नेतले भने ‘सबैको केन्द्र हुदाँ हुदै पनि यहाँ विकास भनेजति नभएकाले त्यसका लागि नयाँ जेनेरेशनको जनप्रतिनिधि चाहिएको छ । युवा पुस्तालाई प्रतिनिधित्व गर्दै जनप्रतिनिधि कस्तो हुनुपर्छ भनेर म मोडल भएर देखाउँछु । जनताको शासक हैन सेवक भएर देखाउने छु ।’

बस्नेतको क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका केदार कार्की र स्वतन्त्र रुपमा गोपाल रेग्मी पनि उम्मेद्वार छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!