धनकुटामा करेन्ट लागेर विद्युुतका कर्मचारीको मृत्यु
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा बुधबार विजुलीको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुँनेमा विद्युत प्राधिकरण धनकुटामा कार्यरत धनकुटा–९ मुलघाटका ५६ बर्षीय बलबहादुर भण्डारी छन् ।
साँगुरीगढी–९ बेदुवाडाँडामा रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा भण्डारीलाई दिउँसो करिव १ बजे करेन्ट लागेको हो । करेन्ट लागेर गंभीर घाईते भएका उन...































