- संगालोखबर सम्वाददाता

धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका महामन्त्रि सुनिल बहादुर थापाले बर्तमान सरकारमा सर्वसत्तावाद हावी भएको आरोप लगाएका छन् ।

Advertisement

गृह जिल्ला धनकुटामा आज आयोजित पत्रकार सम्मेलनमा थापाले प्रजातान्त्रिक सक्तीको एकता नहुँदा सरकार सर्वसत्तावाद उन्मूख भएको बताएका हुन् ।

पूर्व बाणिज्य तथा आपूर्ती मन्त्रिसमेत रहेका थापाले नेकपा सरकारको दम्भ बढ्नुमा प्रजातान्त्रिक एकता अभियान शुरु नहुनु प्रमुख कारण रहेको दावी गरे । उनले प्रजातान्त्रिक पार्टीहरुवीच एकताको खाँचो औल्याए ।

दुई तिहाईको दम्भका कारण सरकारले तीन बर्ष वित्नलाग्दासमेत संघियताको मर्म अनुसार प्रदेशको नमाङ्कन र सिमाङ्कन टुङ्गो लगाउँन नसकेको टिप्पणी गरे ।

पार्टी संगठन सुदृढिकरण अभियानका लागि थापा गृह जिल्ला पुगेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!