धनकुटा । धनकुटासहित पूर्वी पहाडी चार जिल्लामा शनिबार (भोली) बिधुत अवरुद्ध हुँने भएको छ । बिधुत प्राधिकरणले धरान–धनकुटा ३३ के.भी.लाईन मर्मत गर्नका लागि शनिबार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म बिधुत अवरुद्ध गर्ने भएको हो ।
३३ के.भी.लाईन मर्मत गरिने हुँदा धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभामा बिधुत अवरुद्ध हुँने नेपाल बिधुत प्राधिकरण धनकुटाका प्रमुख दिपक सापकोटाले संगालोखबरलाई जानकारी दिए । ‘धरान सवस्टेशनले धनकुटा तर्फको लाईन काटेर मर्मत गर्दैछ ।’ उनले भने ‘हामीले पनि त्यहि समयमा धरान–धनकुटा ३३ के.भी. लाईन मर्मत गर्न लागेका हौं ।’
लाईन मर्मतसँगै धरान–धनकुटावीचको बिधुतको तार वरीपरीका रुखका हाँगाहरु काटिनेछ । प्राधिकरणका अनुसार लाईन काट्दा चार जिल्लाका ५० हजार भन्दा बढी घरमा बिधुत अवरुद्ध हुँनेछ ।
धनकुटामा मात्रै बिधुत प्राधिकरणका २८ हजार ग्राहक छन् । प्राधिकरणले बेला–बेला यसरीनै बिधुत अवरुद्ध गरेर लाईन मर्मत गर्ने गरेको छ ।