संगालोखबर सम्वाददाता

सुनसरी । तीजको अवसर पारेर सुनसरीको दुहवीमा छ सय जना एकल महिलालाई एकैसाथ सम्मान गरिएको छ । दिनेश चौधरी स्मृति प्रतिष्ठानले सुनसरीका बिभिन्न स्थानका एकल महिलाहरुलाई सम्मान गरेको हो ।

Advertisement

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, दिनेश चौधरी स्मृति प्रतिष्ठानका संरक्षक भगवती चौधरी लगायतले एकल महिलाहरुलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरी सम्मानित गरे ।

एकल महिला भएकै कारण हरेलु हिंसापीडित बनेका महिलालाई सामाजिक रुपमा अगाडी बढाउन प्रोत्साहन स्वरुप सम्मान गरिएको प्रतिष्ठानका संरक्षक चौधरीले बताईन् ।

महिला शशक्तिकरणको मुख्य मुद्दा लिएर समाजसेवासँगै राजनीति गर्दै आएकी नेकपा केन्द्रिय सदस्य एवं पूर्व राज्यमन्त्री चौधरीको अगुवाईमा सम्मान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थापाले ‘विधवा’ भनेर सामाजिक रुपमा तिरस्कृत भइरहेका महिलाहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिईन् ।

‘स्मृतिका १२ वर्ष’ सार्वजनिक


कार्यक्रममा स्वर्गिय दिनेश चौधरीको १२ औं स्मृतिमा तयार पारिएको ‘स्मृतिका १२ वर्ष’ स्मारिका सार्वजनिकसमेत गरिएको छ ।पुस्तकमा स्वर्गिय दिनेश चौधरीको बाल्यकाल, युवावस्था समाजसेवा र आर्थिक शशक्तिकरणमा उनले निर्वाह गरेको भूमिकामा विभिन्न ब्यक्तिको लेख समेटिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!