धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी परिवर्तन हुँने भएका छन् । गृह मन्त्रालयले आज धनकुटासहित बिभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।
सीडीओ सिताराम कार्कीको सरुवा भएर डा. कृष्ण बहादुर घिमिरे धनकुटा आउँने भएका हुन् । धनकुटाका सीडीओ कार्कीको ईलाम सरुवा भएको हो । उनी २०७५ भदौ ६ गते प्रमुख जिल्ला अधिकारीको रुपमा धनकुटा आएका थिए ।
यता, कारागार कार्यालय झुम्कामा कार्यरत उपसचिव डा. घिमिरे धनकुटाको का.मु. प्रमुख जिल्ला अधिकारीको रुपमा आउँने भएका छन् ।