- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका सवै वडा कार्यालयबाट कर संकलन थालिएको छ । स्थानीय तह गठन भएको चार वर्षपछि जिल्लाका ६० वटै वडाबाट कर संकलन सुरु भएको हो ।

अब सर्वसाधारणले एकीकृत सम्पत्ति कर, घरवहाल करलगायत कर आफ्नै वडा कार्यलयबाट तिर्न सक्नेछन् । कर तिर्नका लागि गाँउ वा नगरपालिकाको केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटेपछि सर्वसाधारणलाई सहज भएको छ ।

धनकुटा नगरपालिका अन्र्तगतका १० वटै वडा कार्यालयले असोज १ गतेबाट कर संकलन थालेको हो । धनकुटा नगरपालिका बाहेक अन्य स्थानीय तहका वडा कार्यालयले यसअघि नै कर संकलन थालेका थिए ।

कर्मचारीलाई कर सम्बन्धी तालिम दिएर कर संकलन गर्ने व्यवस्था मिलाइएको वडा कार्यालयहरुले जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!