- संगालोखबर सम्वाददाता

धनकुटा । पार्टी एकता पश्चात धनकुटामा पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेला आयोजना गरेको छ । जिल्ला कमिटिको आयोजनामा दुई दिने अगुवा कार्यकर्ता भेला आयोजना गरिएको हो ।

नेकपा धनकुटाका करिव चार सय अगुवा नेता/कार्यकर्ता भेलामा सहभागि रहेको पार्टी प्रचार बिभाग प्रमुख अर्जुन राईले जानकारी दिए । उनका अनुसार जिल्ला कमिटि, सल्लाहकार कमिटि, नगर र गाउँपालिका कमिटिका पदाधिकारी, जनबर्गीय संगठनका पदाधिकारी लगायत सहभागि छन् ।

भेलामा नेकपाका १ नम्बर प्रदेश ईन्चार्ज भीम आचार्य, पार्टीका स्थायी कमिटि सदस्य जनार्दन शर्मा, केन्द्रिय सदस्य हेमराज भण्डारी, शिव कुमार मण्डल, जिल्ला अध्यक्ष राजेन्द्र राई लगायत नेताहरुले कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ ।

पार्टी एकता र भावी कार्यदिशा, सरकारको काम, राष्ट्रिय समसामयिक परिस्थिती लगायत बिषयमा नेताहरुद्वारा प्रशिक्षण दिने क्रम चलिरहेको जिल्ला सचिव ऋषिराम ढुंगानाले बताए ।

नेकपा एमाले र माओवादी पार्टीवीच एकता भएपश्चात धनकुटामा पहिलो पटक बृहत कार्यकर्ता भेला आयोजना गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!