धनकुटामा राजनीतिक पार्टीलाई चाडपर्वको चटारो : शुभकामना आदानप्रदानले सकारात्मक संकेत
धनकुटा । धनकुटाका राजनीतिक पार्टीहरुलाई अहिले चाडपर्वको चटारो छ । जिल्लाका बिभिन्न स्थानमा दशैं अघिदेखिनै चाडपर्वको शुभकामना आदानप्रदानमा जुटेका दलहरु अहिले पनि त्यस मै व्यस्त छन् ।
दलहरुले बिभिन्न ठाउँमा दशैं, तिहार, छठ, नेपाल सम्वत, उधौली उभौली, मंसिरे चाड, ल्होछार लगायत पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेका छन् । अन्य दलको तुलनामा सत्ताधारी दल नेकपा र प्रमुख प्रतिपक्षी दल ने...































