- संगालोखबर सम्वाददाता

बिराटनगर । जमरकटेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्य समितिको सातौं बार्षिक साधारण सभा शनिबार बिराटनगरमा सम्पन्न भएको छ । बिराटनगर–१९ बैजनाथपुर स्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा बसेको सभाले गत आर्थिक बर्ष २०७५/०७६ को आय–व्याय पारित गर्नुका साथै समितिको नेतृत्व पनि परिवर्तन गरेको छ ।

Advertisement

साधारण सभाले चार बर्षे कार्यकालका लागि मित्रलाल जमरकटेलको अध्यक्षतामा १९ सदस्यीय प्रतिष्ठान कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा कृष्णप्रसाद जमरकटेल, बिमला जमरकटेल, सूर्यप्रसाद जमरकटेल, लक्ष्मी जमरकटेल, महासचिवमा थिरप्रसाद जमरकटेल, कोषाध्यक्षमा दिव्यराज जमरकटेल, सचिवमा फडिन्द्रप्रसाद जमरकटेल र सह–सचिवमा टंकप्रसाद जमरकटेल चयन भएका छन् ।

त्यस्तैगरी सदस्यहरुमा अभिकेशर जमरकटेल, चन्द्रप्रसाद जमरकटेल, लोकनाथ जमरकटेल, चिनिमायाँ जमरकटेल, सिता जमरकटेल, भोजराज जमरकटेल, गुणराज जमरकटेल, हरी जमरकटेल, भगवती जमरकटेल र टिकाराम जमरकटेल चयन भएका हुन् ।

कार्यक्रममा पूर्व अध्यक्ष कुमारमणी जमरकटेलले नेतृत्व हस्तान्तरण गरे । निर्वाचित भएपछि बोल्दै अध्यक्ष मित्रलाल जमरकटेलले प्रतिष्ठानलाई अझ बढी व्यवस्थित र एकताबद्ध बनाएर अघि बढ्ने प्रतिक्रिया दिए ।

प्रतिष्ठानमा करिव दुई सय जमरकटेल परिवार आवद्ध छन् । मुख्यगरी एक नम्बर प्रदेशका सोलुखुम्बु, मोरङ, सुनसरी, झापा, धनकुटा लगायत जिल्लामा बसोबास गर्दै आएका जमरकटेलको संख्या २५ हजार भन्दा बढी रहेको प्रतिष्ठानका संरक्षक राजु जमरकटेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!