- संगालोखबर सम्वाददाता

बिराटनगर । नोबेल शिक्षण अस्पतालमा मुखको क्यान्सर सम्बन्धि दुई दिने निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

Advertisement

नोबेल अस्पताल, धुलिखेल अस्पताल, जापानको ओआईटिए विश्वविद्यालय र नेपाल डेन्टल एशोसिएसन मोरङको संयुक्त आयोजनामा शिविर गरिएको हो । शिविरमा मुखको क्यान्सर सम्बन्धि परिक्षण तथा बिरामीलाई उपचार परामर्श दिईएको थियो ।

नोबेल अस्पताल परिषरमा दुई दिनसम्म चलेको शिविरबाट ५ सय भन्दा बढीले सेवा लिएको नोबेल अस्पतालका दन्त बिभाग प्रमुख डा.धिरेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार १ सय ५० जना बिरामीमा क्यान्सरको लक्षण देखिएको छ भने ३५ जना बिरामीमा मुखको क्यान्सर पत्ता लागेको छ ।

क्यान्सर परिक्षण गराउँनेमा मोरङ, सुनसरी, झापा, धनकुटा, ईलाम, सिरहा, सप्तरी लगायत जिल्लाका बिरामी धेरै छन् । शिविरमा बिशेषज्ञ डाक्टरहरुको टोलीले बिरामीको परिक्षण गरी उपचार परामर्श दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!