संगालोखबर सम्वाददाता

धनकुटा । सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको दिनको स्मरण गर्दै शुक्रबार धनकुटामा रक्तदान कार्यक्रम गरिएको छ । सशस्त्र प्रहरी बल नं. ६ गुल्म हेडक्वाटर छिन्ताङले आयोजना गरेको कार्यक्रममा ६४ जनाले रक्तदान गरेका छन् ।

Advertisement

रगतको अभावमा कसैले मृत्युवरण गर्न नपरोस् भन्ने उद्धेश्यले ‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम’ गरिएको गुल्मपती डिएसपी सचिन कर्माचार्यले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाईटीको सहयोगमा भएको कार्यक्रममा गुल्मपती कर्माचार्यसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले रक्तदान गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!