संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ थाम्चुवामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

Advertisement

साँगुरीगढी–८ खुडीमा निर्माणाधिन तमोर करिडोर सडकका लागि ईटहरीबाट सिमेन्ट लिएर जाँदै गरेको कालिका कन्ट्रक्सनको लु.४ त.२६९९ नम्बरको ट्याक्टर भित्री सडक खण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याक्टर चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–८ मैनाबारीका २६ बर्षीय राकेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ । ट्याक्टर सडकबाट करिव ४० मिटर तल खसेको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!