संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा बुधबार विजुलीको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुँनेमा विद्युत प्राधिकरण धनकुटामा कार्यरत धनकुटा–९ मुलघाटका ५६ बर्षीय बलबहादुर भण्डारी छन् ।

Advertisement

साँगुरीगढी–९ बेदुवाडाँडामा रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा भण्डारीलाई दिउँसो करिव १ बजे करेन्ट लागेको हो । करेन्ट लागेर गंभीर घाईते भएका उनलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो ।

उपचारकै क्रममा दिउँसो करिब साँढे ३ बजे भण्डारीको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोईरालाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!