- संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीमा बिसालु सर्पले डस्दा मंगलवार दुई जनाको मृत्यु भएको छ । सर्पले डस्दा कोशी गाउँपालिका–७ हरिपुरकी ३० बर्षीया सरिता देवी यादवको मृत्यु भएको छ ।

Advertisement

मंगलवार दिउँसो २ बजे घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा सर्पले खुट्टामा डसेको थियो ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल ईनरुवा लगिएको भएपनि उपचारकै क्रममा साँझ करिव ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरीकै हरिनगर गाउँपालिका–१ की ५५ बर्षीया सहिदान खातुनको पनि सर्पको डसाईबाट मृत्यु भएको छ । मंगलवार राती सवा ९ बजे घर छेउमा बिषालु सर्पले खातुनलाई डसेको थियो ।

उपचारका लागि गोल्डेन अस्पताल बिराटनगर पुर्याउँनासाथ खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!