सन्तोष रुचाल / संगालोखबर

धनकुटा । युवतीहरुको प्रतिभा उजागर गर्न धनकुटामा पहिलो पटक सुन्दरी प्रतियोगिता ‘मिस धनकुटा’ हुँने भएको छ । मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि काठमाडौंको आयोजनामा जिल्लामै पहिलो पटक सुन्दरी प्रतियोगिता गर्न लागिएको हो ।

Advertisement

आयोजकले आज पत्रकार सम्मेलन गरी यहि भदौं १४ र १५ गते दुई दिन प्रतियोगिताको छनौट चरणको कार्यक्रम गर्ने जनाएको छ । पहिलो चरणको छनौटमा ५५ जना युवतीवीच प्रतिस्प्रर्धा हुँने आयोजक मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालिका अध्यक्ष दिपक बराईलीले जानकारी दिए ।

पहिलो चरणबाट ३५ जना छनौट गरी उनीहरुलाई एक महिने व्यूटीसियन तालिम दिईनेछ । तालिम पश्चात् असोज १८ गते फुलपातीका दिन बिशेष कार्यक्रमकावीच मिस धनकुटा छनौट गरिनेछ । मिस धनकुटाको ताज जित्ने बिजेताले स्कुटरसहित १० लाखको जीवन बीमा, एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनयको अवसर पाउँने अध्यक्ष बराईलीले बताए ।

त्यस्तै द्धितियले नगद ४० हजारसहित पाँच लाखको जीवन बीमा, एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्न पाउँनेछन् । त्यस्तैगरी तृतीयलाई नगद २० हजार, एयर होस्टेज तालिम, थाइल्याण्डको भ्रमण र म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर दिईनेछ ।

प्रतियोगिता फाईनलमा मिस नेपाल–२००२ की उषा खड्की, महानायक राजेश हमाल, नायक तथा गायक बाबु बोगटी र फिल्म निर्माता रिचा शर्मा निर्णायकको भूमिकामा रहने आयोजकले जनाएको छ ।

कार्यक्रमको प्रभावकारीता र दर्शकको मनोरञ्जनका लागि असोज ४ गते राष्ट्रिय कलाकार रामकृष्ण ढकाल, जिना बराइली, समिर विक लगायतको सहभागितामा ‘धनकुटा सांस्कृतिक साँझ’ पनि गरिनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!