संगालोखबर सम्वाददाता

बिराटनगर। मोरङको लेटाङ–१ स्थित थामडाँडाका कोशीकुमार राईको सम्पूर्ण सम्पत्ती करिव २ लाख बराबरको छ । चार बर्ष अघि रुखबाट लड्दा भाचिएको खुट्टामा भएको संक्रमण निको पार्ने क्रममा अहिलेसम्म १३ लाख बराबरको उपचाई भईसक्यो । आफ्नो भएको सवै सम्पत्ती सकेर उपचार गर्दा पनि उनको उपचार खर्च पुग्ने कुनै संभावना नै थिएन । नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले सम्पूर्ण उपचार खर्च नबेहोर्दिएको भए उपचार गर्न नसकी कुहिएर मरिसक्ने अनुमान गर्ने उनी अहिले भाचिएको खुट्टाले टेकेर हिड्न सक्ने भएका छन् ।

Advertisement

तीन बर्ष अघिदेखि नोबेलमा खुट्टाको नियमित उपचार गराईरहेका ३७ बर्षीय राईको उपचारमा अहिलेसम्म १२ लाख ८५ हजार खर्च भईसकेको छ । उपचारमा लागेको सम्पूर्ण खर्च डा.शर्माले बेहोर्दिएपछि उनले तीन बर्षदेखि निःशुल्क उपचार गराईरहेका छन् । ‘सुनिल सरले निःशुल्क उपचार गर्दिनाले अहिलेसम्म ज्यूँदो छु ।’ उनी भन्छन् ‘उहाँले सवै खर्च नबेहोर्दिनुभएको भए खुट्टा कुहिएर तीन बर्ष अघिनै मरिसक्ने थिए ।’

चार बर्ष अघि डाले घाँस काट्न रुखमा चढेका बेला हाँगो भचिएर लड्दा उनको दाहिने खुट्टाको हड्डी भाचियो । मोरङ, सुनसरी र झापाका तीन वटा अस्पतालमा ६ पटकसम्म अप्रेशन गर्दा उनले लाखौं रकम खर्चिनु पर्यो । तर, भाचिएको खुट्टामा राखिएको स्टिलमा खिया लागेर संक्रमण बढ्दै गएकाले निको हुनुको सट्टा उल्टै समस्या बढ्दै गयो । भएको सम्पत्ती उपचारकै क्रममा सकेर अन्तिममा नोबेल अस्पताल आईपुगेका राईलाई डा.शर्माले सम्पूर्ण खर्च बेहोरेर निःशुल्क औषधि, उपचारको व्यवस्था मिलाईदिएका हुन् ।

नोबेलमा निःशुल्क उपचार पाएर खुट्टा ठिक हुन थालेपछि उनी अहिले हर्षित छन् । ‘उपचारका लागि धेरैतिर धाउँदा पैसा मात्रै सकियो, निको भएन । अहिले नोबेलमा निःशुल्क उपचार पाएर खुट्टा ठिक हुन थालेपछि ढुंगा खोज्दा देउता मिलेजस्तो भएको छ ।’ उनले भने ।

खुट्टा भाचिएको ठाउँमा हड्डी पाक्ने रोग बढ्दै गएकाले निको हुँन धेरै समय लागेको नोबेल अस्पतालका डा.सन्तोष थापाले बताए । ‘भाचिएको ठाउँको मरेको हड्डी निकालेर ईलिजारोभ प्रबिधिबाट उपचार भईरहेको छ ।’ डा.थापाले भने ‘नयाँ हड्डी पलाउँदै गएकाले खाली रहेको भागमा हड्डी पुरा भएपछि अव केहि महिना भित्रै खुट्टा ठिक हुन्छ ।’

खुट्टा निको हुँदै गएकाले अहिले उनी बैसाकीको सहायतामा हिड्ने गरेका छन् । राईजस्ता गरिब, बिपन्न तथा असहाय धेरै बिरामीलाई डा.शर्माले निःशुल्क उपचार गराईसकेका छन् ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!