- गोमा ढुंगाना/संगालोखबर

बिराटनगर । नोबेल शिक्षण अस्पतालमा जटिल शल्यक्रिया गरी अत्यन्तै दुर्लभ ट्यूमर सफलतापूर्वक निकालिएको छ । ईलामको चुलाचुली गाउँपालिका–४ पेल्टिमारीकी ३६ बर्षीया लंकाशोभा राईको शरीरबाट दुर्लभ ट्यूमर निकालिएको हो ।

Advertisement

नोबेल शिक्षण अस्पतालका यूरोलोजिष्ट डा.रामसागर शाह नेतृत्वको चिकित्सकहरुको टोलीले राईको दाहिने मृगौला माथीको एडेनल ग्रन्थीमा पलाएको ट्यूमर सफलतापूर्वक निकालेको हो । डा.शाहका अनुसार सामान्यतया दश लाख मानिस मध्ये एक जना व्यक्तिमा मात्र यस्तो ट्यूमर पाईने गरेको छ । ‘यो अत्यन्तै दुर्लभ ट्यूमर हो ।’ डा.शाहले भने ‘यसको अप्रेशन पनि धेरै जटिल हुन्छ ।’

चिकित्सकहरुका अनुसार एडेनल ग्रन्थिमा ट्यूमर पलाएपछि यसले शरीरमा अनावश्यक हर्मन उत्पादन गर्छ । फलस्वरुप बिरामीको रक्तचाप अत्याधिक बढ्ने, मुटुको धड्कन अस्वभाविक रुपमा बढी हुँने, पसिना धेरै आउँने जस्ता समस्या देखा पर्छन । अत्याधिक रुपमा रक्तचाप र मुटुको धड्कन बढ्दा बिरामीको मृत्युसमेत हुँन सक्ने डा.शाह बताउँछन् ।

यस्तै जोखिम र जटिल समस्याबाट ग्रसित राई दुई बर्ष अघिदेखि पीडा झेल्दै आएकी थिईन् । उपचारका लागि पूर्वका बिभिन्न अस्पताल पुगेकी उनी अन्तिममा नोबेल अस्पताल आएर अप्रेशन गराई निको भएकी छन् । ‘दुई बर्षदेखिको पीडाबाट मुक्ति मिलेको छ । अप्रेशन पछि निको हुँदा धेरै सहज भएको छ ।’ उनले भनिन् ।

यस्ता बिरामीको अप्रेशन गर्ने क्रममा रक्तचाप ह्वात्तै बढ्ने र मुटुको चाल बन्द हुँने संभावना बढी हुँदा शल्यक्रिया जोखिमपूर्ण हुँने गरेको चिकित्सकहरुको भनाई छ । यो समस्या टार्न राईलाई एक महिना अघिदेखि नै रक्तचाप नियन्त्रण गर्ने औषधि नियमित खुवाएर शल्यक्रिया गरिएको हो । शल्यक्रियापश्चात निको भएर उनी अहिले अस्पतालबाट घर फर्किएकी छन् ।

नोबेलले यसअघि पनि यस्ता धेरै जटिल एवं दुर्लभ शल्यक्रिया सफलतापूर्वक गर्दै आएको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सक भएका कारण नोबेलमा जटिल शल्यक्रिया पनि सफलतापूर्वक हुँदै आएको अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!