धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा महालक्ष्मी–१ की ४८ बर्षीया देविमाया आले मगर छन् ।
बिहिवार साँझ पौने ७ बजे माईतीबाट आफ्नो घर मारेककटहरे जाँने क्रममा बाटोमा रहेको पखाले खोला तर्दा मगरलाई खोलाले बगाएको हो । उनलाई स्थानीयबासीले खोलाबाट गम्भीर अबस्थामा उद्धार गरेका थिए ।
उद्धार गरी उपचारका लागि जितपुर स्वास्थ्य चौकी लैजाने क्रममा राती करिव साँढे १२ बजे बाटोमै मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।