- संगालोखबर सम्वाददाता

बिराटनगर । नोबेल शिक्षण अस्पतालको प्रायोजनमा यस बर्ष पनि ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ सञ्चालन भईरहेको छ । मोरङ, सुनसरी, उदयपुर र झापाका ६ स्थानमा अडिसन सकेर अहिले बिराटनगरमा प्रतियोगिहरुको प्रशिक्षण चलिरहेको छ ।

Advertisement

यसअघि झुम्का, गाईघाट, दुुहबी, नेताचौक, विर्तामोड र बिराटनगरमा अडिसन गरेर थारु आईकनका लागि ३२ जना युवा युवती छनौट गरिएको थियो । साउन ३० देखि भदौ ८ गतेसम्म सञ्चालन भएको अडिसनबाट २१ जना युवती र ११ जना युवक छनौट भएका छन् ।

छनौट भएका प्रतियोगिहरुका लागि एक महिने प्रशिक्षण कार्यक्रम सञ्चालन भईरहेको आयोजक थारु कला केन्द्रकी पार्वती गच्छदारले जानकारी दिईन् । उनका अनुसार प्रशिक्षण कार्यक्रम पश्चात असोर १८ गते बिराटनगरको बीरेन्द्र सभागृहमा हुँने फाईनलबाट नोबेल मिस्टर एण्ड मिस थारु आईकन घोषणा गरिनेछ ।

बिजेताले ५० हजार, फस्र्ट रनरअपले ३० हजार र सेकेण्ड रनरअपले २० हजार पाउँने आयोजकले जनाएको छ । नोबेल अस्पतालको प्रायोजनमा गत बर्ष पनि ‘नोबेल मिस्टर एण्ड मिस थारु आईकन’ प्रतियोगिता भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!