सुनसरी । प्रहरीले धरानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालयबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान–१४ का ४० बर्षीय कुमार बस्नेत, धरान–७ का ३२ बर्षीय वसिम खान र ३४ बर्षीय राजेश भनिने नविन भण्डारीलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट डाईलक्स डि.सी. १० बोतल, स्पास्मोप्रोक्सिवन प्लस ९० क्याप्सुल, नाईट्रोसन २५ ट्याब्लेट, मोवायल २ थान र नगद २८,७४० बरामद भएको प्रहरीले जनाएको छ ।
को.४ प.१७३५ र को.१० प.४७४७ नम्बरको मोटरसाईकलमा सवार उनीहरु धरान–८ बाट पक्राउ परेका हुन् । तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।