धनकुटा क्याम्पसमा पूर्व बिद्यार्थीको एल्मुनाई एसोशिएसन गठन गरिदै

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरुको एल्मुनाई एसोशिएसन गठन गरिने भएको छ । एसोशिएसन गठनका लागि क्याम्पसले आज बिहान ११ बजे क्याम्पस परिसरमा पूर्व बिद्यार्थीहरुको बृहत भेला बोलाएको छ ।

धनकुटा बहुमुखी क्याम्पसमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरुको बृहत भेलाबाट एसोशिएसन गठन गरिने क्याम्पस प्रमुख होमबहादुर बस्नेतले जानकारी दिए ।

धनकुटासहित तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ, उदयपुर लगायत बिभिन्न जिल्लाका बिद्यार्थीहरु अध्ययनका लागि धनकुटा बहुमुखी क्याम्पस आउँने गरेका छन् ।

धनकुटा क्याम्पसमा अध्ययन गरेर अहिले बिभिन्न क्षेत्रमा रहेका पूर्व बिद्यार्थीहरुलाई संगठित गर्दै एल्मुनाई एसोशिएसन गठन गर्न लागिएको हो । क्याम्पसले सम्पूर्ण पूर्व बिद्यार्थीहरुलाई भेलामा सहभागिताका लागि आवहन गरेको छ ।

यसैवीच स्थापनाकालमा अध्ययन गर्ने बिद्यार्थी, जग्गादाता, पूर्व क्याम्पस प्रमुख र क्याम्पसका संस्थापक अध्यक्षलाई सोहि कार्यक्रममा सम्मानसमेत गरिने धनकुटा बहुमुखी क्याम्पसले जनाएको छ ।

error: Content is protected !!