संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाकी १५ बर्षीया एक बालिकालाई बस भित्रै बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले बसका चालक र सह–चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ना.६ ख.९३४४ नम्बरको यात्रुबाहक बसका चालक मोरङ रङ्गेली–३ का ३७ बर्षीय किरण खड्का र सह–चालक उर्लाबारी–४ का १९ बर्षीय सन्तोष न्यौपाने छन् । धनकुटा घर भई दमक स्थित आफन्तकोमा बस्दै आएकी ती बालिका बेलबारी स्थित बेतना सिमसार घुँमेर दमक फर्कने क्रममा आईतबार साँझ घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार बसका चालक र सह–चालकले बालिकालाई ललाईफकाई पथरीशनिश्चरे हुँदै रङ्गेली–९ दोहमना बजारमा पुर्याएर साँझ करिब साँढे ६ बजे बस भित्रै जवर्जस्ती करणी प्रयास गरेका थिए । बलात्कार प्रयास गर्ने क्रममा बालिका चिच्याएर भाग्न खोजेकी थिईन् ।

बालिकाले प्रतिकार गरेर पुनः चिच्याउँदा स्थानीयबासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । लगत्तै इलाका प्रहरी कार्यालय दोहमनाबाट घटनास्थल पुगेको प्रहरी टोलीले बलात्कार प्रयास गर्ने चालक खड्का र सह–चालक न्यौपानेलाई नियन्त्रणमा लिएको हो ।

दुवै जनालाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाईएको ईलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!