- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । गत महिना परेको अबिरल बर्षाका कारण क्षति व्यहोरेका १ सय ३० घर परिवारलाई धनकुटा नगरपालिकाले शुक्रबार राहत बितरण गरेको छ । धनकुटा नगर क्षेत्रमा पूर्ण क्षति भएका ६० र आंशिक क्षति भएका ७० घरपरिवारलाई राहत रकम प्रदान गरिएको हो ।

Advertisement

पूर्ण क्षति भएकालाई १० हजार र आंसिक क्षति भएकालाई ५ हजारका दरले राहत रकम प्रदान गरिएको नगरपालिका प्रमुख चिन्तन तामाङ्गले जानकारी दिए । राहत पाउँनेमा ६ र ७ नम्बर वडाका धेरै छन् । वडा नम्बर ६ का २२ र वडा नम्बर ७ का २६ परिवारले राहत रकम पाएका हुन् ।

अबिरल बर्षाका कारण धेरै ठाउँमा पहिरो जाँदा धनकुटा नगर क्षेत्रका दर्जनौं घर/गोठ भत्किएका थिए । पहिरोका कारण कतिपय संरचना जोखिममा छन् । घरमा क्षति पुगेकालाई पूर्ण र गोठमा क्षति पुगेका वा पहिरोले जोखिममा रहेकालाई आंसिक क्षति मानेर राहत वितरण गरिएको नगर प्रमुख तामाङ्गले बताए ।

बर्षाका कारण क्षति पुगेका धनकुटाका अन्य नगरपालिका र गाउँपालिका क्षेत्रका पीडितहरुलाई पनि सम्बन्धित पालिकाले राहत वितरण गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!