संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ । धरानबाट प्रकाशित ब्लाष्ट टाईम्स पत्रिकाको २५ औं बार्षिकोत्सवको अवसरमा रक्तदान गरिएको हो ।

Advertisement

पत्रिकाको जिल्ला शाखाको व्यवस्थापनमा भएको कार्यक्रममा २३ पिन्ट रगत संकलन भएको शाखा प्रमुख सन्तबीर लामाले जानकारी दिए । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले रक्तदाता बालकृष्ण खत्रीलाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

रेडक्रस सुनसरीले प्राबिधिक सहयोग गरेको कार्यक्रममा सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानीयबासी लगायतले रक्तदान गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!