ताप्लेजुङ । पुरानो कपडा पेलेर रुवा बनाउँने मेसिन पड्किदा ताप्लेजुङमा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
कपडा पेलेर रुवा बनाउदै हिड्ने भारत बिहारका ३० बर्षीय युनुष मियाको रुवा पेल्ने मेसिन पड्केर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ मा रुवा बनाउँने क्रममा अचानक मेसिन पड्किएको थियो ।
मेसिन पड्किदा छर्राले लागेर मियाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।