संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका र साँगुरीगढी गाउँपालिकामा लगाईएको करिव १९ हजार भन्दा बढी गाँँजाका बोट प्रहरीले बुधबार फडानी गरेको छ ।

Advertisement

शहिदभूमी–१ र साँगुरीगढी–९ मा अबैध रुपमा लगाईएका र आफै उम्रिएका गाँजाका बोट फडानी गरेर नष्ट गरिएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोईरालाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी त्रिवेणीबाट गएको प्रहरी टोलीले शहिदभूमी गाउँपालिका–१ देउराली र घंगरु भन्ने स्थानमा उम्रिएका ६ हजार २० बोट गाँजा फडानी गरेको हो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय भेडेटारको टोलीले साँगुरीगढी गाउँपालिका–९ आहालेमा १३ हजार ९ सय १० बोट गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले अहिले जिल्लाका बिभिन्न स्थानमा गाँजा फडानी गर्ने क्रमलाई तिव्रता दिएको छ । जिल्लासहित क्षेत्रीय प्रहरी कार्यालयको टोली पनि गाँजा फडानीमा सक्रिय रहेको स्रोतले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!