संगालोखबर सम्वाददाता

बिराटनगर । नोबेल मेडिकल कलेजमा भर्ना भएका पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण कार्यक्रम गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत स्टाफ नर्स, डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिन र रेडियोग्राफीमा भर्ना भएका नयाँ बिद्यार्थीलाई स्वागत गरिएको हो ।

Advertisement

कार्यक्रममा नोबेलका नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, शैक्षिक बिभाग निर्देशक प्रोफेसर एजी सिंह, अन्र्तराष्ट्रिय शैक्षिक निर्देशक डा.निरञ्जन कुमार, शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौला, जगन्नाथ बराल लगायतले बिद्यार्थीहरुलाई अबिर र खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा पारामेडिकल कार्यक्रमका निर्देशक कमल पराजुली, नर्सिङ निर्देशक दुर्गा चौलागाई र नर्सिङ शिक्षिका डेजिना थापाले बिद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा बोल्दै नोबेलका नायब प्रमुख कार्यकारी अधिकृत डा.अधिकारी, शैक्षिक बिभाग निर्देशक प्रोफेसर सिंह, अन्र्तराष्ट्रिय शैक्षिक निर्देशक डा.निरंजन, शैक्षिक कार्यक्रम संयोजक निरौला लगायतले बिद्यार्थीलाई अनुशासित भई मेहनत गरेर अध्ययन गर्न सुझाव दिए ।

नोबेलमा तीन बर्षे पारामेडिकल कार्यक्रम अन्र्तगतका पाँच संकायमा १ सय ८० बिद्यार्थी भर्ना भएको कलेजका प्राचार्य डा.रामहरी घिमिरेले जानकारी दिए ।

नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, वीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!