जातिय विभेद गर्नेलाई नेकपा धनकुटाले कारबाही गर्ने

जातिय विभेद गर्नेलाई नेकपा धनकुटाले कारबाही गर्ने

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी धनकुटाको सचिवालय बैठकले पार्टीको कुनै पनि नेता, कार्यकर्ता, पार्टी सदस्यहरुबाट जातिय विभेद भएको पाइएमा पार्टी सदस्यबाट निष्कासन गर्ने जनाएको छ । पार्टी अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले विगत केही समय यता जिल्लाका विभिन्न क्षेत्रहरुमा जातिय विभेद तथा छुवाछुतको घटना भईरहेको भनि पार्टीमा जानकारी आएकोले यस्ता घृणित कार्य नगर्न पार...
महालक्ष्मी नगरलाई एम्बुलेन्स प्रदान

महालक्ष्मी नगरलाई एम्बुलेन्स प्रदान

धनकुटा । भारतीय राजदुतावासले धनकुटाको महालक्ष्मी नगरपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । ७३ औं स्वतन्त्रता दिवसको अवसर पारेर राजदुतावासले नगरपालिकालाई निःशुल्क एम्बुलेन्स प्रदान गरेको हो । काठमाण्डौंको लैनचौर स्थित राजदुतावासमा आयोजित कार्यक्रममा राजदुत रञ्जिभसिंह पुरीले महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाललाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे । एम्बुलेन्स प्राप्त भएपछि अव महालक्ष्मी नगर...
डा. सुनिल शर्माद्वारा बेवारिसे बृद्धलाई सडकबाट उठाएर निःशुल्क उपचार (भिडियोसहित)

डा. सुनिल शर्माद्वारा बेवारिसे बृद्धलाई सडकबाट उठाएर निःशुल्क उपचार (भिडियोसहित)

बिराटनगर। बिराटनगरको उखर्माउलो गर्मीमा तातो सडक माथिको बसाई । रोगको व्यथा र बृद्ध अवस्थाका कारण उठ्नै नसक्दाको पीडाले करिव ७२ बर्षीय बेवारिसे बृद्धको दैनिकी निकै कष्टपूर्ण थियो । कसैले दया गरेर दिए खाने, नभए तातो सडकमा भोकभोकै तड्पिन बाध्य उनको साथमा न कोहि आफन्त छन्, न त सहयोगि नै थिए । बिराटनगरको व्यस्त सडकको रुपमा चिनिने कञ्चनबारीमा धेरै दिनदेखि अलपत्र अवस्थामा रहेका बेसहारा बृद्धको कष्टपूर्...
सुनसरीमा श्रीमानको कुटाईबाट मृत्यु

सुनसरीमा श्रीमानको कुटाईबाट मृत्यु

सुनसरी । सुनसरीमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । बर्जु गाउँपालिका–५ पुरानो नहर टोलका २६ बर्षीय प्रदिप यादवले कुटपिट गर्दा उनकी श्रीमती २३ बर्षीया श्रीमती अवनदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलवार बिहान घरायशी बादबिबादका क्रममा प्रदिपले अवनदेवीलाई मरणासन्न हुँनेगरी कुटपिट गरेका थिए । कुटाईबाट गम्भीर घाईते भएकी यादवको उपचारका क्रममा बिराटनगरको लाईफ गार्ड अस्पतालमा मंगल...
साँगुरीगढीमा कांग्रेसले जनप्रतिनिधिलाई आरोप लगाएपछि नेकपाको आपत्ती

साँगुरीगढीमा कांग्रेसले जनप्रतिनिधिलाई आरोप लगाएपछि नेकपाको आपत्ती

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका सदस्य बालकृष्ण राईमाथि नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले लगाएको आरोपको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) साँगुरीगढी गाउँपालिका कमिटीले विरोध जनाएको छ । साँगुरीगढी–६ नाम्जेस्थित जनजाति पार्क, सूर्योदय बुद्धविहार लगायत क्षेत्रमा जाने सडक भत्काएको विषयमा नाम्जेस्थित स्थानीयथुम्कीबासीले गरेको विरोधमा नेकपा साँगुरीगढी गाउँपालिका कमिटीका सदस्यसमेत रहेका राईको...
छातीमा गाडिएको भाटो सफलतापूर्वक निकालेर नोबेलले बचायो लक्ष्मीको ज्यान

छातीमा गाडिएको भाटो सफलतापूर्वक निकालेर नोबेलले बचायो लक्ष्मीको ज्यान

बिराटनगर। रुखबाट लड्दा छातीमा गाडिएर मुटुसम्म पुगेको बाँसको भाटो सफलतापूर्वक निकालेर नोबेल शिक्षण अस्पतालले एक बिरामीको ज्यान बचाएको छ । मोरङको पथरीशनिश्चरे–१ मुन्धुम चौककी ३८ बर्षीया लक्ष्मी पोख्रेलको छातीमा गाडिएको बाँसको भाटो नोबेलले शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक निकालेको हो । आँप टिप्न रुखमा चढेका बेला हागो भाचिएर लड्दा उनी बाँसको चोकेमा परिन् । छातीमा गाडिएको बाँसको भाटो मुटुसम्म पु...
जिल्ला प्रशासन कार्यालय धनकुटाले संकलन गर्यो एक करोड १३ लाख राजश्व

जिल्ला प्रशासन कार्यालय धनकुटाले संकलन गर्यो एक करोड १३ लाख राजश्व

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले गत आर्थिक वर्ष २०७५/०७६ मा राहदानी वितरण वापत एक करोड १३ लाख ९० हजार राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष २ हजार ९६ जनाले राहदानी लिन कार्यालयमा निवेदन पेश गरेका थिए । त्यस मध्ये ५ सय ८७ महिला र एक हजार ४ सय ९७ पुरुष गरी २ हजार ८४ जनाले राहदानी लिए । बाँकी १२ जनाको राहदानी बनेर कार्यालयमा आईसकेको भएपनि उनीहरुले लिन वाँकी रहेको प्रशासकीय अधिकृत सुधिर सा...
धनकुटामा सशस्त्र प्रहरी प्रमुख फेरिए : डिएसपी श्रेष्ठको बिदाई, कर्माचार्यलाई स्वागत

धनकुटामा सशस्त्र प्रहरी प्रमुख फेरिए : डिएसपी श्रेष्ठको बिदाई, कर्माचार्यलाई स्वागत

धनकुटा । धनकुटामा सशस्त्र प्रहरी प्रमुख परिवर्तन भएका छन् । सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका प्रमुख डिएसपी बालकृष्ण श्रेष्ठको सरुवा भएर नयाँ डिएसपी सचिन कर्माचार्य आएका हुन् । धनकुटाबाट सुनसरी सरुवा भएका डिएसपी श्रेष्ठलाई बिभिन्न संघसस्थाले सम्मानसहित बिदाई गरेका छन् । धनकुटा आएका नयाँ डिएसपी कर्माचार्यलाई स्वागत गरिएको छ । यता, नेपाल प्रहरी तर्फ केहि दिन अघि जिल्ला प्रहरी प्रमुखको रुपमा सरु...
नोबेलले सफलतापूर्वक गर्यो पेनक्रियाज क्यान्सरको अप्रेशन (भिडियोसहित)

नोबेलले सफलतापूर्वक गर्यो पेनक्रियाज क्यान्सरको अप्रेशन (भिडियोसहित)

बिराटनगर । नोबेल शिक्षण अस्पतालले पेनक्रियाज ग्रन्थीमा भएको क्यान्सरको अप्रेशन सफलतापूर्वक गरेको छ । झापाको बिर्तामोड नगरपालिका–३ आदर्शनगरकी ६९ बर्षीया सरस्वता ढकालको पेनक्रियाज ग्रन्थी क्यान्सरको अप्रेशन सफलतापूर्वक गरिएको हो । आन्द्राको ठुलो भाग, पेनक्रियाज ग्रन्थी र पित्तको नली काटेर जोड्नुपर्ने हुँनाले यो अप्रेशन जटिल हुँने गरेको नोबेल अस्पतालका डा.रोहित प्रसाद यादवले बताए । डा.यादवका अन...
धरानका सन्देश शाक्य १० दिनदेखि बेपत्ता, भोजपुरमा ‘लोकेसन’ देखिएपनि परेनन् फेला

धरानका सन्देश शाक्य १० दिनदेखि बेपत्ता, भोजपुरमा ‘लोकेसन’ देखिएपनि परेनन् फेला

धरान । धरान उपमहानगरपालिका–१० लोकपथका सन्देश शाक्य बेपत्ता भएका छन् । साउन ८ गतेदेखि घरबाट सम्पर्कबिहिन भएका २८ बर्षीय शाक्य १० दिन बितिसक्दासम्म पनि सम्पर्कमा छैनन् । बेपत्ता शाक्यको खोजिका लागि परिवारका सदस्यले ईलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका छन् । उनको खोजी भईरहेको भएपनि अझै फेला नपरेको ईप्रका धरानका डिएस्पी ढुंडिराज न्यौपानेले बताए । ‘खोज्ने क्रममा भोजपुरको कट्टी डाँडामा सन्देशको...
चौबिसेका उत्कृष्ट विद्यालय, शिक्षक र बिद्यार्थीलाई सम्मान तथा पुरस्कार, को–को भए पुरस्कृत ?

चौबिसेका उत्कृष्ट विद्यालय, शिक्षक र बिद्यार्थीलाई सम्मान तथा पुरस्कार, को–को भए पुरस्कृत ?

धनकुटा । चौबिसे गाउँपालिका क्षेत्र भित्रका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई गाउँपालिकाले सम्मान तथा पुरस्कृत गरेको छ । २०७५ को एसईई परीक्षामा ३ जिपीए भन्दा बढी ल्याउने १० जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुँनेमा शारदा मावि ६ नं. बुधवारेका विजिता मगर, संयुक्त मावि टोक्रोम्बाका उमेश लिम्बू, घनु लिम्बू, मंगलादेवी मावि बोधेका रजनी लिम्बू, समिक्षा देवान, बज्रमाई माविका सवलकुमा...
मोरङमा मोवाईल चार्ज गर्दै गेम खेल्दा करेन्ट लागेर बालकको मृत्यु

मोरङमा मोवाईल चार्ज गर्दै गेम खेल्दा करेन्ट लागेर बालकको मृत्यु

मोरङ । मोवाईल चार्ज गर्दै गेम खेल्दा गएराती मोरङको लेटाङमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा लेटाङ नगरपालिका–३ त्रिसुली चोकका पदमबहादुर राईका १५ बर्षीय छोरा सौजन राई छन् । साथी सुरज राईको घरमा सुत्न गएका बेला राती करिव १ बजे गेम खेल्दै गर्दा सौजनलाई करेन्ट लागेको बताईएको छ । मोवाईल चार्ज गर्दै गेम खेल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाए...
साँगुरीगढीका १० परिवार पहिरोका कारण विस्थापित, पीडितलाई राहत वितरण

साँगुरीगढीका १० परिवार पहिरोका कारण विस्थापित, पीडितलाई राहत वितरण

धनकुटा । बाढी पहिरोबाट विस्थापित साँगुरीगढी गाउँपालिका­–६ मझुवाका १० घर परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय, साँगुरीगढी गाउँपालिका, बरख गण सल्लेरी व्यारेक र रेडक्रसले पहिरोपीडित परिवारलाई नगदसहित राहत सामाग्री वितरण गरेका हुन् । अविरल बर्षाका कारण बाढी पहिरोबाट घर पूर्णरुपमा क्षति भएका साँगुरीगढी गाँउपालिका–६ मझुवाका ज्ञानबहादुर घागामगर, अमृतबहादुर घागामगर, टीकाराम घागामगर, ...
पाङ्ग्रेभीरमा यसरी झर्यो पहिरो (भिडियो)

पाङ्ग्रेभीरमा यसरी झर्यो पहिरो (भिडियो)

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीर स्थित मेची राजमार्गमा गएको पहिरोका कारण पटक-पटक सवारी आवतजावत प्रभावित भईरहेको छ । साउन २ गते गएको पहिरोले राजमार्गको ईलाम–पाँचथर सडक अवरुद्ध हुँदा एक साता भन्दा बढी समय आवतजावत ठप्प भयो । त्यसपश्चात सडक खुलाईएपनि अझै बेलाबेला पहिरो झर्ने क्रम नरोकिदा सडक अवरुद्ध हुँने र खुलाउँने क्रम चलिरहेको छ । पहिरो झर्दा झर्दैको भिडियो हेर्नुहोस्... ...
पाँचथरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु

पाँचथरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु

पाँचथर । जंगली च्याउ खाँदा पाँचथरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा फाल्गुनन्द गाउँपालिका–५ की ४८ बर्षीया सुनिता चेम्जोङ छन् । साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएपछि दुवै जना बिरामी भए । बिरामी भएपछि उपचारका लागि बिराट नर्सिङहोम ल्याईएकी सुनिताको आज बिहान करिव ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । यता सासु सन्तमायाको मोहनमोहन अस्पताल बि...
धनकुटामा हरिराज खेवा स्मृतिग्रन्थ विमोचन

धनकुटामा हरिराज खेवा स्मृतिग्रन्थ विमोचन

धनकुटा । धनकुटामा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको स्मृतिग्रन्थ बिमोचन गरिएको छ । स्वर्गिय खेवाको तेस्रो स्मृति दिवसका अवसरमा स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा ग्रन्थ बिमोचन गरिएको हो । पूर्व सूचना तथा सञ्चार मन्त्री एवं प्रतिनिधि सभा सदस्य सुरेन्द्रकुमार कार्कीले स्मृतिग्रन्थ बिमोचन गरे । कार्यक्रमलाई संबोधन गर्दै कार्कीले समाजबादबाट मात्र नेपाली जनता समृद्ध हुने धारणा राख्दै स...
धनकुटामा जंगली च्याउ खाँदा ४ जना बिरामी

धनकुटामा जंगली च्याउ खाँदा ४ जना बिरामी

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–७ गोठेगाउँमा जंगली च्याउ खाँदा ४ जना बिरामी परेका छन् । बिरामी पर्नेमा गोठेगाउँका ६३ बर्षीय टेक बहादुर लिम्बु, ६२ बर्षीया अमृतकुमारी लिम्बु, ३३ बर्षीया लक्ष्मीमाया लिम्बु र ४४ बर्षीया सुकमाया लिम्बु छन् । जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि उनीहरु बिरामी परेका हुन् । स्थानीय स्वास्थ्य चौकी मौनाबुधुकमा उनीहरुको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुट...
घर-घरमा डाक्टर पठाएर बिरामीको निःशुल्क उपचार

घर-घरमा डाक्टर पठाएर बिरामीको निःशुल्क उपचार

बिराटनगर । सामान्यतया उपचारका लागि अस्पताल वा स्वास्थ्य संस्था पुग्नुपर्छ । कतिपय अवस्थामा स्वास्थ्य शिविरबाट पनि उपचार पाईन्छ । तर, अहिले मोरङका बिभिन्न स्थानका सर्वसाधरणले घर–घरमै निःशुल्क उपचार पाउँन थालेका छन् । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले ‘घर–घरमा डाक्टर, घर–घरमा नर्स’ अभियान सञ्चालन गरी घरमै डाक्टर पुगेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाईदिएका हुन् । छ मह...
धरान–धनकुटा सडकमा पहिरो

धरान–धनकुटा सडकमा पहिरो

धनकुटा । बर्षाका कारण कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डका बिभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध हुँने र खुलाउँने क्रम चलिरहेको छ । गएराती परेको बर्षाका कारण राजमार्गका ४ ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साँगुरीगढी–७ स्थित गर्जुवा, लाबरबोटे, सिस्ने र धनकुटाको जिरोपईन्टमा पहिरो खसेको धनकुटाका प्रहरी प्रमुख सुर्दशन कोईरालाले जानकारी दिए । गर्जुवा खोलामा...
नोबेलद्वारा पाँचथरमा एम्बुलेन्स प्रदान, डा.शर्मालाई पाँचथरबासीको सम्मान (भिडियोसहित)

नोबेलद्वारा पाँचथरमा एम्बुलेन्स प्रदान, डा.शर्मालाई पाँचथरबासीको सम्मान (भिडियोसहित)

बिराटनगर । नोबेल शिक्षण अस्पतालले दुर्गम क्षेत्रका बिरामीलाई अस्पताल पुर्याउँन सहजताका लागि पाँचथरमा एम्वुलेन्स प्रदान गरेको छ । पाँचथरबासीको सहजताका लागि स्थानीय नमुना बाल तथा युवा क्लवलाई नोबेलले करिव ११ लाख मुल्यको एम्बुलेन्स निःशुल्क प्रदान गरेको हो । पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले क्लवका अध्यक्ष सन्तोष श्रेष्ठलाई चावी हस्तान्तरण गर्दै एम्ब...
धनकुटा नगर क्षेत्रका कृषकलाई एभोकाडोका ६ हजार ५ सय बिरुवा वितरण

धनकुटा नगर क्षेत्रका कृषकलाई एभोकाडोका ६ हजार ५ सय बिरुवा वितरण

धनकुटा । एभोकाडोको राजधानी घोषणा गरिएको धनकुटा नगरपालिका क्षेत्रका कृषकहरुलाई एभोकाडोका ६ हजार ५ सय बिरुवा वितरण गरिएको छ । नगर क्षेत्रका कृषकहरुलाई एभोकाडोको व्यवसायिक खेतीमा आकर्षित गराउने उद्देश्यले धनकुटा नगरपालिकाले आफै नर्सरी स्थापना गरी विरुवा वितरण गरेको हो । नगरपालिकाको कम्पाउण्ड भित्र नर्सरी स्थापना गरी उन्नत जातका विरुवा उत्पादन गरेर कृषकहरुलाई सहुलियत दरमा वितरण गरिएको नगर प्रमुख चि...
अस्पतालमा बिरामीको मृत्यु प्रकरण : पैसामा कुरा नमिल्दा उठाईएन शव

अस्पतालमा बिरामीको मृत्यु प्रकरण : पैसामा कुरा नमिल्दा उठाईएन शव

विराटनगर । विराटनगरको नोवेल शिक्षण अस्पतालमा घुँडाको शल्यक्रिया गरिएका बिरामीको मृत्यु प्रकरण क्षतिपुर्तिको बार्गेनिङमा पुगेर अल्झिएको छ ।क्षतिपुर्तिको विषयमा कुरा नमिल्दा मृतकका परिवार र आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । उनीहरुले सोमबार पनि सुनसरीको दुहवी बजार बन्द गर्दै कोसी राजमार्ग अवरुद्ध पारे । बजार आइतबारदेखि बन्द गरिएको थियो । सोमबारबाट सडकमै टायर बालेर राजमार्ग अवरुद्ध पार्दै याताय...
सुनसरीमा घाँटी रेटेर भारतीय नागरिकको हत्या

सुनसरीमा घाँटी रेटेर भारतीय नागरिकको हत्या

  सुनसरी । जिल्लाको देवानगञ्ज गाउँपालिका–२, बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ । भारत अररीया जिल्ला मानिकपुर घर भएका करिब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार (दविया) प्रहार गरेर हत्या ग...
महालक्ष्मीका बाढी पहिरो पीडितलाई राहत वितरण

महालक्ष्मीका बाढी पहिरो पीडितलाई राहत वितरण

धनकुटा । अविरल बर्षाका कारण सम्पत्ति क्षति भएका पीडित परिवारलाई धनकुटाको महालक्ष्मी नगरपालिकाले नगद तथा जिन्सी सामग्री वितरण गरेको छ । नगर क्षेत्र भित्रका २२ घरपरिवारलाई एक लाख ७० हजार रुपैयाँ राहत वितरण गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए । पूर्ण क्षति भएकालाई प्रतिपरिवार १० हजार र आंशिक क्षति भएका परिवारलाई प्रतिपरिवार ५ हजारका दरले नगद वितरण गरिएको हो । नगरपालिकाले बाढ...
धनकुटामा बिष्फोटक पदार्थ भेटियो

धनकुटामा बिष्फोटक पदार्थ भेटियो

धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारस्थित ध्वँजेडाँडामा आज विष्फोटक पदार्थ फेला परेको छ । डाँडाबजार हुदै ध्वँजेडाँडा जाने बाटो खन्ने क्रममा विष्फोटक पदार्थ फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला सदरमुकामबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले साँझ ५ बजे विष्फोटक पदार्थ डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुर्दशन प्रसाद कोइरालाले बताए । विष्फोक...
मोरङ र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु

मोरङ र सुनसरीमा करेन्ट लागेर २ जनाको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका-५ जनता गृल उद्योगका कामदार भोजपुर देउरालीका २० बर्षीय प्रकाश कार्कीको करेन्ट लागेर मृत्यु भएको छ । मंगलवार अपरान्ह साढे ५ बजेको समयमा गृल उद्योग नजिकै रहेको लक्ष्मी सरस्वती खाजा घरको होडिङ्बोर्ड बिग्री मर्मतको लागी गएकोमा मर्मत गर्ने क्रममा करेन्ट लागी घाइते भई उपचारको लागि बिराटनर्सीङ अस्पताल बिराटनगर पठाईएकोमा उपचारकै क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला ...
भोजपुरको यूँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

भोजपुरको यूँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका –२ यूँमा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मंगलबार बेलुका आमचोक थामडाँडास्थित पोखरीमा पौडी खेल्ने क्रममा आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र सोही ठाउँका २० वर्र्षीय गेल्बु शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घरबाट मंगलबार दिउँसो घुम्न हिंडेका दुबैजना पानी जम्मा गरि राखेको पोखरीमा साँझ भेटिएपछि स्थ...
नोबेलले सफलतापूर्वक गर्यो मुटुको शल्यक्रिया (भिडियोसहित)

नोबेलले सफलतापूर्वक गर्यो मुटुको शल्यक्रिया (भिडियोसहित)

बिराटनगर । नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गरेको छ । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएर नोबेलमा मुटुको अप्रेशन थालिएको हो । सुरुवातमा तीन जना बिरामीको सफलतापूर्वक मुटुको शल्यक्रिया गरिएको नोबेल अस्पतालका निर्देशक एवं मुटु बिभाग प्रमुख डा.राजेश नेपालले जानकारी दिए । ‘पहिलो चरणमा तीन जनाको सफलतापूर्वक ओपन हार्ट सर्जरी ग...
भोजपुरमा १ लाख ८० हजार घुससहित सिञ्चाई कार्यालयका प्रमुख पक्राउ

भोजपुरमा १ लाख ८० हजार घुससहित सिञ्चाई कार्यालयका प्रमुख पक्राउ

भोजपुर । भोजपुर सदरमुकामस्थित सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । प्रदेश १ अन्तर्गतको जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घुस लिंदै गर्दा सोमबार १२ बजेतिर अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । षडानन्द नगरपालिका १३ स्थित छाँगे खोला सिञ्चाई आयोजनाको चा...
खोटाङमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता

खोटाङमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता

  खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिका-२ बाप्लुखामा पहिरोमा परी तीनजना बेपत्ता भएका छन् । प्रहरीका अनुसार बिहान खसेको पहिरोले घरसहित बगाउँदा विष्णु राईकी श्रीमती, छोरा र छोरी बेपत्ता भएका हुन् । विष्णु घाइते भएको प्रहरीले जनाएको छ । आज बिहान करीब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको विष्णुका दाजु श्यामले बताए । ‘पहिरोले घर बगाउनासाथ स्थानीयवासीले भाइ विष्णुलाई घाइते अवस...
छिन्ताङ्गमा अबिरल बर्षाका कारण बिद्यालय भवन भत्किदा पठनपाठन अवरुद्ध

छिन्ताङ्गमा अबिरल बर्षाका कारण बिद्यालय भवन भत्किदा पठनपाठन अवरुद्ध

धनकुटा । अबिरल बर्षाका कारण धनकुटाको शहिदभूमी गाउँपालिका–३ छिन्ताङ्ग स्थित अजम्बरी प्राथमिक बिद्यालयको भवन भत्किदा पठनपाठन अवरुद्ध भएको छ । बिद्यालय छेउमा पहिरो जाँदा कक्षा कोठामा क्षति पुगेपछि बिद्यालयमा पठनपाठन रोकिएको हो । पहिरोका कारण एउटा कक्षाकोठा भत्किएको र अन्य कोठाको भित्ता पनि चर्किएकाले संभावित जोखिमलाई मध्यनजर गर्दै बिद्यालय बन्द गरिएको प्रधानाध्यापक लोकेन्द्र राईले संगालोखबरलाई जा...
error: Content is protected !!